PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

निफको अग्रिम टिकट बुकिङ खुल्ला, तीन जिल्लाका चार हलमा फिल्म देखाइने



पहिलोपोस्ट

निफको अग्रिम टिकट बुकिङ खुल्ला, तीन जिल्लाका चार हलमा फिल्म देखाइने

काठमाडौं: नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटो संस्करणको लागि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। आउँदो चैत २ देखि ६ गतेसम्म हुने महोत्सव हेर्न चाहनेले ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सक्नेछन।

यसपटक ‘निफ’ का प्रतिस्पर्धी चलचित्रहरु चारवटा सिनेमा हल मार्फत प्रदर्शन गरिनेछ। क्यूएफएक्ससँगको सम्झौता अनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, ललितपुरको लविङ मल अनि भक्तपुरको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धाी फिल्म प्रदर्शन हुनेछन।

कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने निफद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। उद्घाटन समारोहमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ।

यस महोत्सवमा ३५ देशका ९५ चलचित्र प्रदर्शन हुनेछन। ‘कथाहरूको उत्सव’ भन्ने नारा रहेको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुलाई सात विधामा १४ पुरस्कार दिइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell