PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

मतदाता सूची प्रकाशन नभएपछि त्रिचन्द्रमा नेविसंघको प्रदर्शन, अनेरास्ववियु पनि उत्रियो विरोधमा



पहिलोपोस्ट

मतदाता सूची प्रकाशन नभएपछि त्रिचन्द्रमा नेविसंघको प्रदर्शन, अनेरास्ववियु पनि उत्रियो विरोधमा

काठमाडौं :  फागुन २७ गते स्ववियु निर्वाचन हुँदैछ। कार्यतालिकाअनुसार सोमवार नै मतदाता सूची प्रकाशन हुनुपर्ने हो तर त्रिचन्द्र कलेजमा भने अझै नामावली प्रकाशन भएको छैन।

अनेरस्ववियुलगायत ९ वटा संगठनले फागुन ४ गतेदेखिको भर्ना खारेज गर्नुपर्ने माग राखेपछि मतदाता नामावली प्रकाशन रोकिएको हो। त्रिचन्द्र नेविसंघले भने यसको विरोध गरेको छ।  

'त्रिवि निर्देशिकाले फागुन ४ गतेसम्म भर्ना गर्न पाउने भनेकोले मेरो ४ गतेको भर्ना हो। यसअनुसार म भोटर हो। तर अहिले अनेरास्ववियुलगायत ९ वटा समूहले ४ गतेदेखिको भर्ना खारेज हुनुपर्‍यो भनेर स्ववियुमा आफू हार्ने डरले विज्ञप्ति निकालेको छ,' नेविसंघमा मनोज पुरीले भने, 'नेविसंघ त्रिचन्द्र यसको विरोध गर्दछ।'

त्रिचन्द्र नेविसंघका नवीन रोकायाले पनि चुनाव बिथोल्न अखिललगायतका संगठन लागिपरेको आरोप लगाए। अनेरस्ववियुले पनि मंगलवार साँझ त्रिचन्द्र अगाडि प्रदर्शन गरेको थियो। दुइतर्फी प्रदर्शनपछि उक्त क्षेत्रको सडकमा केहीबेर सवारी आउजाउ ठप्प भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell