PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तालुक निकायको निर्देशनपछि आक्रमक प्रहरी : दुर्गा प्रसाईँको कालो मोसो दल्ने अभियानका संयोजक समातिए



पहिलोपोस्ट

तालुक निकायको निर्देशनपछि आक्रमक प्रहरी : दुर्गा प्रसाईँको कालो मोसो दल्ने अभियानका संयोजक समातिए

काठमाडौं : व्यवसायी दुर्गा प्रसाईँले बैङ्क तथा वित्तीय संस्थालाई लक्षित गरेर कालो मोसो दल्न बनाएका समितिका संयोजक पक्राउ परेका छन्। चितवन संयोजक शम्भु थापालाई प्रहरीले पक्राउ गरेको हो। उनले कालो मोसो दल्ने अभियान चलाउने जानकारी पाएपछि संयोजक थापालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनले सामाजिक सञ्जाल मार्फत बैंक तथा वित्तिय सस्थाको व्यक्तिलाई कालोमोसो दल्ने अभियव्यक्ति दिएका थिए।

'कालो मोसो दल्ने अभियानमा संलग्न देखिएकाले सोधपुछको लागि नियन्त्रणमा लिएका हौं,' चितवन जिल्लाका प्रहरी प्रमुख रामेश्वर कार्कीले भने।

फागुन १ गते झापामा आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईँले खुलेआम लघुवित्त र बैङ्कका कर्मचारीलाई कालो मोसो दल्न उक्साहट गर्ने अभिव्यक्ति दिएका थिए। त्यस्तै झापामा एकजना संयोजकको नेतृत्वमा दुई सय जना दस्ता समेत तयार पारेका थिए उनले। 

उनले अभियान घोषणा गरेपछि बैङ्क तथा वित्तीय संस्थाले सुरक्षाको माग गरेका थिए। त्यस लगतै प्रसाईंको उक्साहटपछि जाजरकोटमा किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि कालो मोसो दलेर पैसा समेत लुटिएको घटना बाहिरिएको थियो।

त्यस्तै केही दिन अघि गृह मन्त्रालयले बैङ्क तथा वित्तीय संस्थाको सुरक्षा मिलाउन तथा निगरानी गर्न समेत निर्देशन दिएको छ। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गर्दै हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको थियो। गृहको निर्देशनपछि प्रहरी प्रशासनले कालो मोसो दल्ने अभियानका केही मानिसलाई समेत निगरानीमा राखेको छ। त्यहीक्रममा थापालाई पक्राउ गरिएको हो।

'तालुकदार निकायबाट नै पक्राउ गर्न निर्देशन आएपछि नियन्त्रणमा लिएका हौं,' जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले भने। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell