PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

गणेश देव पाण्डेको निर्देशनमा ‘जुलेबी’, फिल्ममा चार महिलाको कथा



पहिलोपोस्ट

गणेश देव पाण्डेको निर्देशनमा ‘जुलेबी’, फिल्ममा चार महिलाको कथा

काठमाडौं: फिल्म ‘जुलेबी’ को 'फस्ट लुक पोस्टर' सार्वजनिक भएको छ। फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मले चार नारी पात्रको कथा समेटेको छ। 

‘जुलेबी’ मा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको छ। त्यस्तै, फिल्ममा सुशील सिटौला,पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय छ।

आशा शर्मा निर्माता रहेको फिल्ममा गणेश देव पाण्डे निर्देशकको रुपमा रहेका छन। उनले यसअघि मन्जरी, गाजा बाजा जस्ता फिल्महरु निर्देशन गरिसकेका छन।

नविन भट्ट कार्यकारी निर्माता रहेको फिल्मको प्रदर्शन मिति भने फाइनल भएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell