PahiloPost

Nov 15, 2025 | ३० कात्तिक २०८२

राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने? रास्वपाले बिहीबारमात्रै निर्णय गर्ने



पहिलोपोस्ट

राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने? रास्वपाले बिहीबारमात्रै निर्णय गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ। राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

राष्ट्रपतिको निर्वाचनको मतदान भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने तय भएको छ।

राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell