PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

दर्शक नआएपछि हलले 'छड्के २' लाई शो नै दिएन, ५ दिनमा कति कमायो?



पहिलोपोस्ट

दर्शक नआएपछि हलले 'छड्के २' लाई शो नै दिएन, ५ दिनमा कति कमायो?

काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘२.० छड्के’ देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सका हलबाट उत्रेको छ। दर्शक नआएपछि प्रदर्शन भएको ६ दिनमै फिल्म हटाउन बाध्य भएको क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरी बताउँछिन्।

त्यस्तै, क्युज सिनेमाजले पनि यो फिल्मको शो हटाएको छ। वान सिनेमाज, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिने प्लेक्स, सिडीसी सिनेमाज लगायतका मल्टिप्लेक्स हलहरुले भने बुधवार एक-एक शो उपलब्ध गराएका छन्।

तीन करोड बजेटमा निर्माण भएको फिल्मले पाँचदिनमा जम्मा ३० लाख मात्रै 'कलेक्सन' गरेको वितरक सुनिल मानन्धरले बताए।

‘दर्शक नआएपछि मल्टिप्लेक्स हलले शो हटाएको छ। फिल्मले पाँचदिनमा जम्मा ३० लाखको मात्रै कमाएको छ। जुन निकै नराम्रो कलेक्सन हो। यो अनमोलको करियरकै फ्लप फिल्म हो,’ उनले भने।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको 'छड्के २' रिभेन्ज ग्याङ्स्टर सिनेमा हो। फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ लगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell