PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति छः प्रधानमन्त्री दाहाल



पहिलोपोस्ट

महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति छः प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति रहेको बताएका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले महिला सशक्तिकरण र विकासका लागि राज्यका तर्फबाट प्राथमिकता दिने बताएका हुन्।

दाहालले महिलाको प्रजनन स्वास्थ, शिक्षामा सुधार हुँदै गएको, सूचना प्रविधिलाई महिलामैत्री बनाउने र विदेशमा काम गर्न गएका महिलालाई सुरक्षित वातावरण बनाउने र समस्या भएमा सरकारले सहयोग गर्ने बताए

'संविधान र कानुनले महिलाको हक अधिकारका लागि एतिहासिक महत्वपूर्ण व्यवस्था गरेको छ। स्थानीय तहदेखि राष्ट्रप्रमुखसम्म महिलाले नेतृत्व गरिरहेका छन्,' उनले भने, 'महिलालाई राजनीति, सामाजिक र आर्थिक अधिकारमा समानरूपले अघि बढेको छ।'

उनले संविधानले महिलाको हकलाई मौलिक हकमै व्यवस्था गरेको भन्दै नीतिगत, कानुनी र संरचना सुधार हुँदै आएको बताए। महिलाले शारीरिक रूपमा गर्न सक्दैन भन्ने कुरालाई महिलाले जनआन्दोलनदेखि आफ्नो क्षमता देखाएको उनले स्मरण गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell