PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

नेपाली महिला सिङ्गर, डान्सर भइसकेको भन्दै ओलीले गरे राष्ट्रपतिको प्रशंसा : तपाईंहरुले प्रधानमन्त्रीतिर अलि टार्गेट गरेजस्तो लाग्यो



पहिलोपोस्ट

नेपाली महिला सिङ्गर, डान्सर भइसकेको भन्दै ओलीले गरे राष्ट्रपतिको प्रशंसा : तपाईंहरुले प्रधानमन्त्रीतिर अलि टार्गेट गरेजस्तो लाग्यो
फोटो : Balkot

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला सशक्तीकरणको क्षेत्रमा नेपालमा धेरै कामहरु भइसकेको बताएका छन्। महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघद्वारा आयोजित अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ओलीले यस्तो बताएका हुन्।

ओलीले महिला राष्ट्रपति, सभामुखदेखि,  प्रधानन्यायाधीशसम्म भइसकेको उल्लेख गर्दै अब प्रधानमन्त्रीमात्र बन्न बाँकी रहेको बताए। 'महिला सशक्तीकरण भइसकेको छ। हाम्रै देशका महिला मन्त्री भइसके। रक्षामन्त्री भइसके। आज पाइलट छन्। कलाकार छन्। सिङ्गर छन्। डान्सर छन्। नेता छन्,' ओलीले भने, 'नेपालमा महिला प्रधानन्यायाधीश भइसकेका छन्। एउटा चिज बाँकी छ प्रधानमन्त्री। एउटा चिज बाँकी छ अरु सबै भइसक्या छ। तपाईहरुले प्रधानमन्त्रीतिर अलि टार्गेट गरेजस्तो लाग्यो हो?'

ओलीको प्रश्नपछि कार्यक्रममा लामो हाँसो गुञ्जिएको थियो। ओलीले प्रधानमन्त्रीमा महिलाले टार्गेट गर्नु धेरै राम्रो कुरा भएकोसमेत बताए। 'यो धेरै राम्रो कुरा हो। त्यो एउटा पोस्टमा अहिलेसम्म महिलाहरु पुग्न पाएको छैन। पुग्न बराबरी हक राख्छ। प्रतिस्पर्धा गरेर क्षमता विकास गरेर पुग्नुपर्दछ,' ओलीले भने।

ओलीले विद्यादेवी भण्डारीले राष्ट्रपतिमा सात वर्षसम्म सफलतापूर्वक नेतृत्व सम्हालेको भन्दै प्रशंसासमेत गरे।

‘राजनीतिक स्वार्थ प्रेरितहरूले आफ्नो स्वार्थमा कतै ठेस लाग्दा वा आफ्नो सङ्कीर्ण, छुद्र स्वार्थ पुरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहोदाको मर्यादा नगरेर बकवास गरेका हुन सक्छन्,' ‌ओलीले भने, 'ती कुराको खास अर्थ छैन। आज हामीले गौरव गर्नुपर्छ विद्यादेवी भण्डारी जस्तो नेतृ तपाईँहरूको आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियत सफलतापूर्वक नेतृत्व गर्नुभयो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell