PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

सेन्सर पास नहुँदा बलिउड फिल्म ‘तु झूठी मै मक्कार’ को शो रद्द



पहिलोपोस्ट

सेन्सर पास नहुँदा बलिउड फिल्म ‘तु झूठी मै मक्कार’ को शो रद्द

काठमाडौं : बलिउड फिल्म ‘तु झूठी मै मक्कार’ नेपालमा पनि आजबाट प्रदर्शन हुने तय भएको थियो। जसकारण मल्टिप्लेक्स हलहरुले तीनदिनअघि नै 'शो टाइम' सहित अग्रिम टिकट खुला गरेका थिए। तर, प्रदर्शन हुने दिनसम्म पनि फिल्मको सेन्सर पास नहुँदा सबै शोहरु रद्द भएका छन्।

बिहानसम्म पनि फिल्म सेन्सरको प्रमाणपत्र नहुँदा सबै शोहरु हटाएको क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरीले जानकारी दिइन्।

‘फिल्मको लागि कोर्ड प्राप्त भएपछि हामीले/दुई तीन अघि नै शो खुलाएका थियौं। अग्रिम बुकिङ पनि राम्रै थियो। तर, बिहानसम्म पनि फिल्म सेन्सर पास नहुँदा हामीले सबै शोहरु रद्द गरेका छौं। शो क्यान्सिल दर्शकको पैसा समेत फिर्ता गर्नु परिरहेको छ।’

रणवीर कपुर र श्रद्धा कपुरको मुख्य भूमिका रहेको यो फिल्म भारतमा भने आजबाट प्रदर्शनमा आइसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell