PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

नारीलाई सम्मान नगरेसम्म समाज बलियो र सभ्य बन्दैन : प्रदीप खड्का



पहिलोपोस्ट

नारीलाई सम्मान नगरेसम्म समाज बलियो र सभ्य बन्दैन : प्रदीप खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले एक दिन मात्र नभई हरेक समय र पल नारीलाई सम्मान गर्नु वास्तविक नारीप्रतिको सम्मान भएको बताएका छन्। माइती नेपालले नारीदिवसको अवसरमा आयोजना गरेको फुटसल प्रतियोगितामा महिला तथा बालिकाहरुको हौसला बढाउन पुगेका प्रदीपले यसो भनेका हुन।   

सो कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको बताउँदै प्रदीपले नारीलाई समाजको शक्ति रुपमा व्याख्या गरे।

‘नारीहरु समाजको शक्ति हुन। एक दिन मात्र होइन हरेक समय र पलमा नारीको सम्मान गर्न सकियो भने मात्रै नारी प्रतिको सम्मान देखिन्छ। तर, अझै पनि वास्तविक रुपमा भन्दा देखावटी रुपमा सम्मान गर्ने बढी हुनुहुन्छ। प्रेम, करुणा, सम्मान र हेर्ने नजर जबसम्म राम्रो बन्दैन। तबसम्म समाज बलियो र सभ्य बन्दैन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell