PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकाबाट दुबई हुँदै विमानस्थलको भन्सार कार्यालयमा आएको पार्सल खोल्दा गाँजा भेटिएपछि…



पहिलोपोस्ट

अमेरिकाबाट दुबई हुँदै विमानस्थलको भन्सार कार्यालयमा आएको पार्सल खोल्दा गाँजा भेटिएपछि…

काठमाडौं : हवाई मार्ग हुँदै अमेरिकाबाट आएको पार्सल खोल्दा प्रतिबन्धित लागूऔषध गाँजा भेटिएको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलहरूको सूक्ष्म निगरानी तथा चेकजाँच गर्ने क्रममा अमेरिकाबाट दुबई हुँदै नेपाल आएको पार्सलहरूबाट लागूऔषध गाँजा बरामद भएको लागूऔषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले जानकारी दिए।

अमेरिकाबाट नेपालमा गाँजा पठाउने कार्यमा संलग्न एक भारतीय नागरिक सहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेहरूमा भारतको गुजरातस्थित मोती भावदी ठेगाना भएका ३० वर्षीय  निमेष अशोकभई दयानी, सर्लाही हरिहरपुर नगरपालिका घर भएका २८ वर्षीय फैज आलमला र २३ वर्षीय कारुपक अर्याल रहेका छन्।

उनीहरू विरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट बाट लागूऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

फागुन २१ गते अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा युएसए क्यालिफोर्निया स्टेटको लस एन्जलस सहरबाट दुबई हुँदै नेपाल आएको पार्सलमा गाँजा भेटिएको थियो। चकलेट र बालबालिकाको खेलौना भनिएको पार्सलमा गाँजा भेटिएको हो। चकलेटको बट्टामा ४ किलो ५ सय ग्राम गाँजा भेटिएको थियो। पार्सल लिन भारतीय नागरिक निमेष र फौज आलमला आएपछि उनीहरू समातिएका थिए। उनीहरू ठमेलको एक होटेलमा बस्दै आएका थिए।

त्यस्तै, सोही ठाउँबाट आएको अर्को पार्सलमा पनि गाँजा भेटिएको थियो। २ किलो ४ सय ग्राम गाँजा भेटिएको हो। रिसिभ गर्ने विमानस्थल पुगेका अर्याललाई प्रहरीले पक्राउ गरेको हो।

गत वैशाखमा चकलेटको नाममा हुलाक मार्फत बेलायतबाट आएको पार्सलमा पनि गाँजा भेटिएको थियो। ब्युरोको टोलीले केही समयको अनुसन्धानपछि गोश्वारा हुलाक कार्यालय डिल्लीबजार काठमाडौं शाखामा बेलायतबाट पठाएको कार्टुन भित्र रहेको चकलेटमा गाँजा तथा चरेस भेटिएको थियो। कार्टुनभित्र रहेको ४ किलो ४ सय १८ ग्राम चकलेटभित्र गाँजा तथा चरेस भेटिएको थियो। प्रहरीले सो घटनामा संलग्न देखिएपछि वीरगंजका २२ वर्षीय राज शिखर गुप्तालाई नियन्त्रणमा लिएको थियो। उनको साथबाट जर्मनीबाट पठाएको अर्को कार्टुन समेत फेला पारेको थियो। कार्टुनमा नाम नखुलेको ५ सय वटा लागु औषधको ट्याब्लेट समेत फेला पारेको थियो।

त्यस्तै गत भदौमा पनि अमेरिकाबाट आएको पार्सल खोल्दा गाँजा भेटिएको थियो। गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल खोल्दा दुई केजी लागूऔषध गाँजा भेटिएको थियो। प्रहरीले उक्त पार्सल प्रकरणमा तीन जना युवालाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले पार्सल प्रकरणमा काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका-७ बस्ने २७ वर्षीय मनोज राई, काठमाडौं महानगरपालिका वडा नम्बर १ नक्साल बस्ने ३० वर्षीय अंकित कुमार श्रेष्ठ र खुसिबु बस्ने ३० वर्षीय राहुल क्षेत्रीलाई नियन्त्रणमा लिएको हो। राहुल र अंकितले मनोजलाई ३० हजार रुपैयाँ दिने सर्तमा गाँजा भएको पार्सल लिन पठाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell