काठमाडौं : अभिनेत्री सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी छिन्। पारिवारिक जमघटबिच उनीहरुले औँठी साटेका हुन।
सुरक्षाले फेसबुकमार्फत आफूहरुले इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन। 'आजबाट नयाँ अध्याय सुरु हुँदै छ। हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला,' उनले लेखेकी छिन।
ओस्कार फिल्म कलेजबाट अध्ययन गरेका मानव अभिनेताका साथै निर्देशक पनि हुन। ६ वर्षको प्रेमसम्बन्धलाई सुरक्षा र मानव विवाहमा परिणत गर्न लागेका हुन।
फागुन २५ गते (भोलि) चितवनको सौराहामा विवाह समारोह हुने बताइएको छ।