PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

राष्ट्रसङ्घ महासचिव र युक्रेनका राष्ट्रपतिबिच भेटवार्ता



पहिलोपोस्ट

राष्ट्रसङ्घ महासचिव र युक्रेनका राष्ट्रपतिबिच भेटवार्ता
Photo : Anadolu Agency

राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा भेटवार्ता भएको छ। उनीहरुका बीचमा बुधबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन्।

राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटरेस सो भेटवार्ताका लागि बुधबार युक्रेन पुग्ने जानकारी दिएका हुन्। उनले मंगलबार महासचिव गुटरेस पोल्याण्डमा रहेको र बुधबार किभ पुगेर भेटवार्ता भएको जानकारी दिए। 

सो भेटवार्ताका क्रममा युक्रेन र रसियाका बिचमा सन् २०२२ को जुलाईमा भएको मल तथा खाद्यान्नको निकासीको सम्झौताका विषयमा कुराकानी हुने अनुमान गरिएको थियो।

गत वर्षदेखि युक्रेनमा रसियाले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ। खाद्यान्न तथा अन्य आवश्यक कृषि सामग्रीहरुको आपूर्ति हुन नसक्दा विश्व बजारमा नै यसको प्रभाव परिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell