PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल : काठमाडौंमा ‘फोर्स ल्यान्डिङ’, सबै यात्रु सकुशल



पहिलोपोस्ट

भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल : काठमाडौंमा ‘फोर्स ल्यान्डिङ’, सबै यात्रु सकुशल

काठमाडौं : काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि ‘फोर्स ल्यान्डिङ’ गरिएको छ। साढे सात बजे उड्नु पर्ने बिमान ९ बजेर ३८ मिनेटमा भैरहवा उडेको थियो।

उडेको २० मिनेटमा एउटा इन्जिन फेल भएको थियो। इन्जिन फेल भएको जानकारी चालक दलले यात्रुहरुलाई समेत गराएका थिए।

जहाजमा सवार यात्रु राजाराम खड्काले इन्जिन फेल भएको जानकारी गराएपछि यात्रुबिच हल्लीखल्ली भएको थियो। रुवाबासी पनि भएको थियो।

उडेको केही समयमै बिमानको दाहिने तिरको इन्जिन चल्न छाडेको थियो। त्यसपछि जहाज फोर्स ल्यान्डिङ गराइएको थियो।

यात्रु खड्काका अनुसार, सबै जना सकुशल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell