काठमाडौं : एमालेबाट राष्ट्रपतिका उम्मेद्वार रहेका सुवास नेम्वाङले आफू जनता र अभिभावको रुपमा जान चाहेको बताएका छन्। राष्ट्रपतिमा मतदानका लागि नयाँ बानेश्वस्थित संघीय संसदको भवनमा पुगेका नेम्वाङले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
'सम्पूर्ण जनताको, दलको अभिभावकको रुपमा जान चाहन्छु,' नेम्वाङले भने, 'अहिले देश र जनताको अगाडि ठुलो चुनौति छ। सिंगो देश जनता अहिले एक हुनुपर्छ।'
नेम्वाङले सबै राजनीतिक दल एक हुनुपर्ने अवस्था आएकोसमेत बताए। राष्ट्रपतिको चयनका लागि मतदान जारी छ। राष्ट्रपतिमा नेम्वाङका प्रतिस्पर्धी सत्तारुढ गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन्। मतपरिणाम आजै ७ बजेभित्र आइसक्ने बताइएको छ।