PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

राष्ट्रपति निर्वाचन : बानेश्वर पुग्दै सांसद, मतदानस्थलको माहोल यस्तो

राष्ट्रपति निर्वाचन : बानेश्वर पुग्दै सांसद, मतदानस्थलको माहोल यस्तो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नयाँ राष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ। संघीय संसद भवन बाहिर बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेश सांसदका लागि बेग्लाबेग्लै मतदान केन्द्र राखिएको छ। राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्। पूर्व सभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्व अध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्।

अहिले मत दिन प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरु बानेश्वर पुगिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell