PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

नेपाल मजदुर किसान पार्टी पनि राष्ट्रपति निर्वाचनमा सहभागी नहुने



पहिलोपोस्ट

नेपाल मजदुर किसान पार्टी पनि राष्ट्रपति निर्वाचनमा सहभागी नहुने

काठमाडौ : नेपाल मजदुर किसान पार्टी बिहीवार जारी राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ। बिहीवार बिहान बसेको केन्द्रीय सचिवालयको बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो।

राष्ट्रपतिमा उम्मेदवार दिएका नेपाली कांग्रेस र नेकपा (एमाले)ले नेपालका हितविपरित भएका सम्झौताहरू खारेज गर्ने प्रतिवद्दा नजनाएकाले निर्वाचनमा सहभागी नहुने मजदुर किसान पार्टीले जनाएको छ।

कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रहेका रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन्। राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ प्रतिस्पर्धी छन्। मतदान दिउँसो ३ बजेसम्म चल्ने र ७ बजेसम्ममा परिणाम आइसक्ने बताइएको छ।

त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले पनि निर्वाचनमा भाग नलिने घोषणा गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell