PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

बलिउड अभिनेता एवम् निर्देशक सतीश कौशिकको निधन



पहिलोपोस्ट

बलिउड अभिनेता एवम् निर्देशक सतीश कौशिकको निधन
Photo : Dainik jagaran

भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ। कौशिकको हृदयघातका कारण बुधवार राति दिल्लीमा मृत्यु भएको हो। अभिनेता अनुपम खेरले ट्विटरमार्फत प्रिय साथी गुमाएको भन्दै सतीशको निधनको पृष्टि गरे। साथै उनले ४५ वर्षको दोस्तीमा पूर्णविराम लागेको भन्दै दु:ख समेत व्यक्त गरेका छन।

भारतीय सञ्चार माध्यमका अनुसार मार्च ७ मा मुम्बईमा जावेद अख्तरको होली पार्टीमा सहभागी भएपछि सतीश ८ मार्चमा परिवार र साथीहरूसँग होली खेल्न दिल्ली आएका थिए। दिनभरि होली खेलेर रमाइलो गरेका उनको राति स्वास्थ्यमा समस्या आउन थाल्यो। फोर्टिस अस्पतालमै सतीशले अन्तिम स्वास लिए।

मृत्युपछि उनको शव बिहान साढे ५ बजे दीनदयाल अस्पतालमा ल्याइएको थियो, जहाँ उनको पोष्टमार्टम हुनेछ। त्यसपछि उनको शव मुम्बई लगिने समेत बताइएको छ।

हरियाणामा जन्मेका सतीशले सन् १९८३ मा बलिउडमा पाइला राखेका थिए। तर, सन् १९८७ मा फिल्म ‘मिस्टर इन्डिया’ बाट उनले पहिचान पाएका थिए। थिएटरबाट बलिउड उद्योगमा आएका सतीश अभिनेता र निर्देशकका साथै व्यङ्ग्य, पटकथा लेखक र निर्मातामा रुपमा पनि परिचित थिए।

कौशिकले अभियन गरेका मिस्टर इन्डियाका साथै दिवाना मस्ताना, रामलखन, साजन चले ससुराल लगायतका फिल्महरु हिट छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell