PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

शेखले बनाए अर्धशतक, भुर्तेल ५ रनले चुके ५० रन बनाउन : नेपालको राम्रो सुरुवात



पहिलोपोस्ट

शेखले बनाए अर्धशतक, भुर्तेल ५ रनले चुके ५० रन बनाउन : नेपालको राम्रो सुरुवात

काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजको नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको खेलमा नेपालले राम्रो सुरुवात गरेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनरद्वय कुशल भुर्तेल र आरिफ शेखले पहिलो विकेटका लागि ११० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका हुन्।

शेखले ४७ बल ५ चौका २ छक्काको सहायतामा १६.२ ओभरमा अर्धशतक पुरा गरे।

त्यस्तै भुर्तेलले ५३ बलमा ४५ रन बनाउँदै आउट भए। अर्धशतकबाट उनी ५ रनले चुके। भुर्तेल रिले हेकुरेको बलमा टोनी उराको हातबाट क्याचआउट भए। 

१९ औं ओभर चलिरहँदा नेपालले १ विकेट गुमाएर ११० रन बनाएको छ। क्रिजमा कुशल मल्ल र आशिफ शेख छन्। १९.१ ओभरमा शेखले ६२ रन बनाएर खेलिरहँदा कुशल मल्लले रन जोडेका छैनन्।

नेपालको प्लेइङ ११

रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, सन्दीप लामिछाने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell