PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

भोट नदिए पनि राप्रपाले तपाईंकै पक्षमा हो भनेको छ : रामचन्द्र पौडेल



पहिलोपोस्ट

भोट नदिए पनि राप्रपाले तपाईंकै पक्षमा हो भनेको छ : रामचन्द्र पौडेल

काठमाडौं : राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफूलाई राप्रपाकोसमेत साथ रहेको बताएका छन्। नयाँ बानेश्वरमा मतदानपछि सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका पौडेलले आफूलाई सबै दलको माया रहेको बताएका हुन्।

आफूलाई सबै दलको माया रहेको उल्लेख गर्दै पौडेलले भने, 'मलाई सबैले माया गर्नुहुन्छ। इमान्दारीपूर्वक निष्ठाको राजनीति गरेको मान्छे हो।' माया पाउने आशामा राप्रपाको मत माग्न जाँदा पाउनुभएन नि? भन्ने प्रश्नमा पौडेलको जवाफ थियो, 'राप्रपालाई अलि अप्ठेरो परेको होला। भोट नदिएपनि तपाईकै पक्षमा हो भन्नुभएको थियो राप्रपाले।'

पौडेलले गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेमा आफू सचेत रहेकोसमेत बताए। 'राष्ट्रको सेवामा आफूलाई समर्पण गर्छु। गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेमा म सचेत छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell