काठमाडौं : राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आफू धुलोमैलोबाट उठेर आएको मान्छे भएको उल्लेख गर्दै जनतालाई दु:ख दिने काम नगर्ने बताएका छन्। सत्तारुढ दलबाट उम्मेदवार रहेका कांग्रेस नेता पौडेलले मतदानपछि उक्त प्रतिक्रिया दिएका हुन्।
राष्ट्रपतिको जीवनशैलीदेखि सवारीसम्म आलोचना भएको छ नि। यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ? सञ्चारकर्मीले पौडेललाई प्रश्न गरेको थिए।
'यसलाई व्यवस्थापन गर्न सकिन्छ। जनतालाई दु:ख दिने गरी जनताको बाटो रोक्ने गरेर यो काम हुन सक्दैन। हुनुहुँदैन,' जवाफमा पौडेलले भने। पौडेलसँग एमालेका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिको प्रतिस्पर्धामा छन्।