PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

राष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले गरे मतदान

राष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले गरे मतदान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बानेश्वर पुगेर राष्ट्रपति निर्वाचनका लागि मतदान गरेका छन्। नयाँ राष्ट्रपति चयनका लागि अहिले मतदान भइरहेको छ। संघीय संसद भवन बाहिर बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।

राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्। पूर्व सभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्व अध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्।

यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि मतदान गरेका छन्।

 

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेश सांसदका लागि बेग्लाबेग्लै मतदान केन्द्र राखिएको छ। राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।

अहिले मत दिन प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरु बानेश्वर पुगिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell