PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

प्रचण्डले मलाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभएको थियो : माधव नेपाल



पहिलोपोस्ट

प्रचण्डले मलाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभएको थियो : माधव नेपाल

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट‍्रपतिमा आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको बताएका छन्। आफूलाई प्रधानमन्त्रीले राष्ट्रपतिमा प्रस्ताव गरेपनि कांग्रेसलाई यो पद दिन उपयुक्त हुने सुझाव दिएको नेपालको भनाई थियो।

राष्ट्रपति निर्वाचनमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले भने, 'प्रचण्डले मलाई रास्ट्रपतिमा प्रस्ताव गर्नु भएको हो। तर मैले कांग्रेललाई दिन उपयुक्त हुन्छ भने।' एकीकृत समाजवादीको पनि समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनेमा आफू ढुक्क रहेको नेपालले बताए।

नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीलेसमेत उक्त पदका लागि अघि बढ्न प्रस्ताव गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell