काठमाडौं : नेपाली टोलीका ओपनर आशिफ शेखले शतक पूरा गरेका छन्। क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजको नेपाल र पपुवा न्युगिनी (पीएनजी) बिचको खेलमा उनले १०० रन पूरा गरेका हुन्।
उनले ३६ औँ ओभरको अन्तिम बलमा शतक हानेका हुन्। १०१ बल खल्दै १० चौका र २ छक्काको सहायतामा उनले शतक पूरा गरेका हुन्।
एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने उनी पाँचौँ खेलाडी हुन्। उनी अघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक बनाएका छन्।
यो सँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ३२ औँ खेलबाट एक हजार रन पूरा गरेका छन्। उनी एक हजार एकदिवसीय रन पूरा गर्ने दोस्रो खेलाडी हुन्। उनले सन् २०२१ मा पीएनजीविरुद्धकै खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। उनी अघि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले हजार रनको कोशेढुंगा पार गरेका छन्।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालका ओपनरद्वय कुशल भुर्तेल र आरिफ शेखले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका दिए। ४५ रन बनाएका भुर्तेलपछि आएका कुशल मल्लले २ र ज्ञानेन्द्र मल्लले १२ रन बनाउँदा ठूलो साझेदारी बनाउन सकेनन्।
त्यसपछि आएका कप्तान रोहित कुमार पौडेलले शेखसँग साझेदारी गरिरहेका छन्। ३५.१ ओभर चलिरहँदा शेख र पौडेलबीच ५१ रनको साझेदारी चलिरहेको छ। पौडेल २० रन बनाएर क्रिजमा छँदा शेख १०५ रन बनाएर क्रिजमा छन्।