PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

के हो गायक राजेश पायल राईको बिहे प्रकरण?



पहिलोपोस्ट

के हो गायक राजेश पायल राईको बिहे प्रकरण?

काठमाडौं : उमेरको चार दशकसम्म अविवाहित बसेर टीकाटिप्पणी खेपिरहेका गायक राजेश पायल राई केही दिनदेखि चर्चामा आएका छन्। गायनसँगै विभिन्न स्क्यान्डलका कारण उनी चर्चामा आउने गरेका छन्। कहिले विभिन्न नायिकाहरूसँगको सम्बन्ध त कहिले आफूले दिएको अभिव्यक्तिका कारण। उनी पछिल्ला दिनहरूमा भने विवाहका कारण चर्चामा छन्। गायकदेखि अभिनयसम्म गरेका राई अहिले भने विवाहको कारण सामाजिक सञ्जालमा छाएका हन्।

४७ वर्षको उमेरमा उनले एक युवतीसँग विवाह गरेको खुल्न आएको छ। बुधबार उनै राईले विवाह दर्ता गराएको प्रमाणपत्र बाहिरिएपछि चर्चामा आएका छन्। खोटाङ घर भएकी २१ वर्षीय साङ्बुङ् राईसँग उनले विवाह गरेका हुन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा उनीहरुले मंसीर २६ गते विवाह दर्ता गरेको प्रमाणपत्रमा देखिन्छ। सामाजिक परम्पराअनुसार भदौ १ दुबैले बिहे गरेको समेत प्रमाणपत्रमा उल्लेख छ।

तर, गायक राईले भने यस विषयमा औपचारिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन्। अहिले सामाजिक सञ्जालमा विवाह दर्ताको प्रमाणपत्र सक्कली वा नक्कली भन्ने बहस चलिरहेको छ।

विवाह दर्ता प्रमाणपत्रमा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडा सचिव सुरेश साहु श्रेष्ठले प्रमाणीकरण गरेको देखिन्छ। हामीले उनै वडा सचिवलाई राईको विवाह दर्ताको बारेमा जानकारी लिँदा उनले गायक राजेश पायल राईले विवाह दर्ता गरेको पुष्टि गरे।

‘उहाँहरू दुवै जना आउनु भएको थियो। मैले नै प्रमाणीकरण गरेको हुँ, वडा सचिव श्रेष्ठले भने।

वडा सचिव श्रेष्ठले आफूले गायक राजेश पायललाई राम्रो सँग चिन्ने र विवाह दर्ता गराएको पुष्टी गरेका छन्।

केही समयअघि राजेश र साङ्बुङले  बच्चाको फोटो सामाजिक संजालमा सेयर गरेका थिए। तर, उनीहरुले विवाहबारे भने खुलाएका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell