PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

माओवादीमाथि गोकुलको प्रहार : जङ्गल जाने हुती थियो भने बिहान एउटासँग दिउँसो अर्कोसँग टासिनु हुन्थ्यो?



पहिलोपोस्ट

माओवादीमाथि गोकुलको प्रहार : जङ्गल जाने हुती थियो भने बिहान एउटासँग दिउँसो अर्कोसँग टासिनु हुन्थ्यो?

काठमाडौं : सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने तयारी गरेको छ। विधेयक आजै दर्ता गराउने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको थियो।

नेकपा एमालेले भने सरकारले हतारमा विधेयक ल्याउन लागेको आरोप लगाएको छ। राष्ट्रपति निर्वाचनका क्रममा बानेश्वर पुगेका एमाले सांसद गोकुल बास्कोटाले  छलफल नगरी विधेयक ल्याउन नहुने बताएका हुन्। उनले अदालतसँग सेटिङ भएको हुन सक्ने समेत आरोप लगाए।

'ऐन बनाएर काम गरे भयो नि। छलफल नगरी ल्याउने, त्यो पनि त्यति राम्रो नहोला। अदालतसँग कतै सेटिङ गरेको छैन,' बास्कोटाले भने।

उनले नेकपा माओवादी केन्द्रले आफूहरुलाई धम्की दिइरहेको आरोपसँग लगाए। राष्ट्रपति निर्वाचनका क्रममा एमालेको साथ छाडेर नेपाली कांग्रेसको साथमा गएको माओवादीलाई लक्षित गर्दै उनले भने 'माओवादीका साथीहरुले धम्की नदिए हुन्छ। जङ्गल जाने हुती थियो भने बिहान एउटासँग दिउँसो अर्कोसँग टासिनु हुन्थ्यो?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell