PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

राष्ट्रपति निर्वाचनमा दिउँसो १ बजेसम्म ७२५ जनाले गरे मतदान



पहिलोपोस्ट

राष्ट्रपति निर्वाचनमा दिउँसो १ बजेसम्म ७२५ जनाले गरे मतदान

काठमाडौं : राष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मतदान जारी छ। निर्वाचन कार्यालयले दिउँसो १ बजेसम्म कुल ७२५ जनाले मतदान गरिसकेको जनाएको छ।

हालसम्म ४४० प्रदेश सांसद र २८५ संघीय सांसदले मतदान गरिसकेका छन्। मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ।

मतदाता नामावलीमा संघीय संसद ३३१ जना र प्रदेश सभा सदस्य ५५० गरी कुल ८ सय ८१ जनाको नाम समावेश रहेको निर्वाचन अधिकृत कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जनाइन्।

विद्यमान कानूनअनुसार सङ्घीय संसद्का प्रतिसदस्य मतभार ७९ र प्रदेशसभा सदस्यको प्रतिसदस्य मतभार ४८ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell