काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेकपा माओवादी केन्द्र शान्ति प्रक्रिया टुंगो लगाउने पक्षमा रहेको बताएकी छिन्।
संघीय संसद भवन पुगेकी उनले माओवादीका कारण प्रक्रिया नलम्बिएको बताइन्।
'हामीले अघिल्लो पटक पनि समितिमा छलफलमा नलिइ फास्ट ट्र्याकमा लैजाउँ भनेका थियौं। हाम्रा कारणले रोकिएको होइन। हामीले जहिले पनि शान्ती प्रक्रियाको काम टुंगोमा पुर्याउँ भनेका छौं,' उनले भनिन्।
आज बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको थियो। जनयुद्धकालीन घटनालाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि नै मुद्दा चलेपछि सरकारले फास्ट ट्रयाकमा यो प्रक्रिया अघि बढाउन लागेको हो। सरकारले विधेयक आजै प्रतिनिधिसभामा दर्ता गराउँदैछ।