PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

राष्ट्रपति भण्डारीले धेरै राम्रो काम गर्दा चर्को विरोध आयो : ओली, कांग्रेससँग नमिल्ने भनेर कसम खाएको छैन



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीले धेरै राम्रो काम गर्दा चर्को विरोध आयो : ओली, कांग्रेससँग नमिल्ने भनेर कसम खाएको छैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग मिलेर काम गर्न नसकिने भन्ने विषय नै नरहेको बताएका छन्। राष्ट्रपति निर्वाचनमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एक ठाउँमा नआउने भनेर कसम खाइनसकेको बताएका हुन्।

राजनीतिमा जे पनि सम्भव हुने र कहिले कही केही पनि सम्भव नहुने उल्लेख गर्दै ओलीले यस्तो बताएका हुन्। कांग्रेससँग सहकार्य गर्ने सम्भावना कतिको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीको जवाफ थियो, 'राजनीतिमा जे पनि सम्भव हुन्छ। केही पनि सम्भव हुँदैन। कसम खाएको छैन एक ठाउँमा नआउने भनेर।'

ओलीले अघिल्ला राष्ट्रपतिहरुले राम्रै काम गरेको उल्लेख गर्दै विद्यादेवी भण्डारीले अझ राम्रो काम गरेकोसमेत बताए। 'दुई जनाले राष्ट्रपतिले मोटामोटी ठीक गर्नुभएको छ। पछिल्लो राष्ट्रपतिले त अत्यन्तै राम्रो काम गर्नुभएको छ। त्यसैले त धेरै विरोध गरे,' ओलीको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell