PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा पर्सामा ६ जना पक्राउ



पहिलोपोस्ट

युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा पर्सामा ६ जना पक्राउ

वीरगंज : युवतीलाई दुर्व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वर्ष २५ का जहांगिर अंसारी, वर्ष २४ का आदित्य गिरी, वर्ष ३२ का फिरोज अंसारी, वर्ष ३१ का अल्फाज अंसारी र वर्ष २७ का तारीक अंसारी रहेको पर्सा प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।

मंगलवार राति ८ बजेको समयमा घण्टाघर पशुपति मार्केटको पहिलो तल्लामा दुई वर्षदेखि सञ्चालनमा रहेको इनफिटि लाउन्जबाट मदिरा खाएका केही युवाहरुले एक जना युवतीसँग दुर्व्यवहार गरेका थिए।

प्रहरीले दुर्व्यवहार गर्नेहरुलाई हिरासतमा लिएर मापसे परिक्षण गराएको थियो। नारायणी अस्पतालमा गराइएको परीक्षणको रिपोर्टमा उनीहरुले अत्याधिक मदिरा सेवन गरेको पनि खुलेको थियो।

पर्सा प्रहरीका अनुसार अहिले घटनाबारे अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell