काठमाडौं : राष्ट्रपतिको निर्वाचनमा मदतान सम्पन्न भएको छ। नयाँ राष्ट्रपतिका लागि बिहीवार भएको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सांसदले मतदान गरेका छन्। कुल ८८१ मतदाता रहेकोमा आज ८३१ मतमात्र खसेको निर्वाचन अधिकृत कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जनाइन्।
मतदाता नामावलीमा संघीय संसद ३३१ जना र प्रदेश सभा सदस्य ५५० गरी कुल ८ सय ८१ जनाको नाम समावेश रहेको थियो। राष्ट्रपतिको मतगणना केहीबेरमै शुरु हुने शर्माले बताइन्। राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। साँझ ७ बजेसम्ममा मतपरिणाम आइसक्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी रहेको शर्माको भनाई छ।