PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

राष्ट्रपतिमा रामचन्द्र कि सुवास? बानेश्वरमा सुरु भयो मतगणना



पहिलोपोस्ट

राष्ट्रपतिमा रामचन्द्र कि सुवास? बानेश्वरमा सुरु भयो मतगणना

काठमाडौं : राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ। नयाँ बानेश्वरमा रहेको संघीय संसद भवनमा मतगणना सुरु भएको हो।

राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ चुनावी मैदानमा छन्।

नयाँ राष्ट‍्रपतिका लागि बिहीवार भएको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सांसदले मतदान गरेका छन्। कुल ८८१ मतदाता रहेकोमा आज ८३१ मतमात्र खसेको निर्वाचन अधिकृत कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जनाइन्।

प्रतिनिधसभा र प्रदेशसभा सांसदहरुले मत दिएको मतपत्रको छुट्टाछुट्टै स्थानमा गणना हुँदैछ।

साँझ ७ बजेसम्ममा मतपरिणाम आइसक्ने गरि निर्वाचन अधिकृतको कार्यालयले तयारी गरिरहेको शर्माको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell