PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित



प्रकाश भण्डारी

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल विजयी भएका हुन्।

पौडेलले ३३ हजार ८०२ मत पाउँदा नेम्वाङले १५ हजार ५१८ मत पाए।  

राष्ट्रपति पदका लागि आज संघीय संसद भवन नयाँ बानेश्वरमा निर्वाचन भएको थियो। नयाँ राष्ट‍्रपतिका लागि बिहीवार भएको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सांसदले मतदान गरेका थिए। कुल ८८१ मतदाता रहेकोमा आज ८३१ मतमात्र खसेको निर्वाचन अधिकृत कार्यालयकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जनाएकी थिइन्। आजको निर्वाचनमा मत दिने पाँचजनाको मत बदर भएको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell