PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

सत्तारुढ दलबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव



पहिलोपोस्ट

सत्तारुढ दलबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव

काठमाडौं : राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै सत्तारुढ दल अब उपराष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ। राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। 

सत्तारुढ दलले कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने सहमति गरेको थियो। जस अनुसार उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको बिहीवार बसेको बैठकले उक्त निर्णय गरेको जसपाले जनाएको छ। 

यादव बारा २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका सांसद हुन्। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने कार्यतालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell