PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैद, कांग्रेस सांसद गुरुङलाई अढाई करोड बिगो र जरिवाना



पहिलोपोस्ट

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैद, कांग्रेस सांसद गुरुङलाई अढाई करोड बिगो र जरिवाना

काठमाडौंः भुकुटीमण्डपको फनपार्क भाडा प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री बद्री न्यौपानेलाई साढे ९ वर्ष कैद सजाय सुनाएको छ। यस्तै, न्यौपानेसँग दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ बिगो असुल गर्न आदेश गरेको छ। बिगो अनुसारकै जरिवाना पनि न्याौपानेलाई हुने फैसला विशेषले गरेको छ। 

फागुन १६ गते नै कसुर ठहर भए पनि बिहीबार विशेषले सजाय निर्धारण गरेको हो। 

यस्तै पूर्वमन्त्री एवं कांग्रेस सांसद टेकबहादुर गुरुङलाई भने अदालतले बिगो र सोही बमोजिम जरिवाना मात्र गरेको छ। मतियारका रुपमा कसुर ठहर गरेको अदालतले गुरुङलाई एक करोड २१ लाख ८४ हजार ८०१ रुपैयाँ बिगो र सोही बराबर जरिवाना कायम गरेको हो। उनका छोरा रवीन्द्रका हकमा पनि एक करोड २१ लाख ८४ हजार ८०१ रुपैयाँ बिगो र सोही बराबर जरिवाना कायम भएको छ। 

यस्तै, कुञ्ज बिहारी प्रसाद चौधरीलाई अदालतले जरिवाना र बिगोमात्र कायम गरेको छ। मुद्दा चलेपछि मृत्यु भइसकेका कारण कैद भने निर्धारण नभएको हो। बिगो र जरिवाना न्यौपानेकै सरह तोकिएको छ। 

यस्तै, प्रमोद मेहता, हरि न्यौपाने, मोहनराज शर्मा र मदन कुमार लाल कर्णलाई अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ। सबैलाई बिगो र जरिवाना समान रुपमा जनही दुई करोड ४३ लाख ६८ हजार ८०३ कायम गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell