
काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल पशुपतिमा पूजा गर्न पुग्दैछन्। सुरक्षा स्रोतका अनुसार पौडेल ९ बजे पशुपति पुग्ने कार्यतालिका छ। त्यसअघि पौडेल सभामुख देवराज घिमिरेलाई भेट्ने बालुवाटार पुग्ने बताइएको छ।
बिहीवार राष्ट्रपतिमा निर्वाचित पौडेल पशुपतिबाट वीपी संग्रहालय सुन्दरीजल पुग्ने कार्यक्रम रहेको स्रोतले जनायो।