PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार



पहिलोपोस्ट

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं : नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते हुनुभएका नेता एवं प्रतिनिधिसभा सदस्य डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए।

'डा भण्डारीको आज पनि फिजियोथेरापी भएको छ। कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ। स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ', मीनप्रसादले भने।

आगलागीमा परि सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell