PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक जारी



पहिलोपोस्ट

बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक जारी

काठमाडौं : माओवादी धारका राजनीतिक दलहरूबिचको बैठक बालुवाटारमा बसिरहेको छ।  माओवादी आन्दोलनका (पूर्व माओवादी) राजनीतिक दलहरूबिचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।

तीन वर्षअघि माघीका अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा दिए लिने  अभिव्यक्ति दिएका थिए। सोही विषयमा बहालवाला प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन केहीदिन अघि सर्वोच्चले आदेश दिएको थियो। र, प्रधानमन्त्रीविरुद्ध नै रिट दर्तासमेत भइसकेको छ। यही सन्दर्भमा पछिल्लोसमय माओवादीधारका पार्टीहरुबिच छलफल बढेको हो।

फागुन २१ गते माओवादी धारका विभिन्न ६ नेताले प्रचण्ड विरुद्ध मुद्दा चलाउने भन्दै अदालतले दिएको आदेशको बिरोध गरेका थिए। माओवादी केन्द्रले पनि विज्ञप्ति जारी गरेर अदालतको आदेशको विरोध गरेको थियो। २१ गते नै बालुवाटारमा बसेको ८ दलीय गठबन्धनको बैठकले पनि शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन कानुन बनाउन तयार भएको बताएका थिए।

शान्तिप्रक्रिया टंगोमा पुर्‍याउन भन्दै सरकारले बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन विधेयक बिहीबार प्रतिनिधि सभा सचिवालयमा दर्ता गरिसकेको छ।

केहीदिन अघि पनि माओवादी धारका पार्टीहरुको बैठक बालुवाटारमा बसेको थियो। सो बैठकले शान्ति सम्झौता विपरितका गतिविधिको प्रतिवाद गर्ने चेतावनी दिएको थियो। संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर भएको भन्दै उनीहरुले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्ने पनि जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell