PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको रिटको सुनुवाई आज, बालुवाटारमा जुटे माओवादी धारका नेताहरु



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको रिटको सुनुवाई आज, बालुवाटारमा जुटे माओवादी धारका नेताहरु
फोटो : प्रदीपराज वन्त

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी धारका नेताहरुको बैठक जारी छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य नेतृत्वको माओवादीका नेता सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, विष्णुभक्त दुलाल आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत सहभागी छन्।

जनयुद्धमा मारिएका ५ हजार जनाको जिम्मा लिने बारेको अभिव्यक्तिमा सर्वोच्च अदालतमा रिट दर्ताको स्विकृतिपछि मंगलवार माओवादी बालुवाटारमा जुटेको थियो। टुटफूट भएको माओवादीले यसअघि प्रज्ञा प्रतिष्ठानमा जुटेर प्रचण्डको बचाउमा उत्रिएका थिए। उक्त अभिव्यक्तिबारेको रिट सर्वोच्चमा दर्ता भइसकेको र शुक्रवार सुनुवाई हुने कार्यतालिका रहेको छ। बिहीवारका सुनुवाईका लागि पेसी तोकिएको उक्त रिट हेर्दाहेर्दैमा आजका लागि राखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell