PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

आजको मौसम : मनाङमा हिमपातका कारण जनजीवन प्रभावित, वर्षाको सम्भावना कति?



पहिलोपोस्ट

आजको मौसम : मनाङमा हिमपातका कारण जनजीवन प्रभावित, वर्षाको सम्भावना कति?

काठमाडौं : आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज  दिउँसो  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली  रहेनछ। यस्तै, बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। आज पहाडी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको पनि दैनिक बुलेटिनमा उल्लेख छ।

यस्तै, आज राति  कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जनाइएको छ।

गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मनाङ लगायत उच्च हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell