PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

रामचन्द्र पौडेललाई ओलीले दिए बधाई



पहिलोपोस्ट

रामचन्द्र पौडेललाई ओलीले दिए बधाई

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बधाई दिएका छन्।

बिहीवार भएको राष्ट्रपति निर्वाचनमा पौडेल एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै गणतन्त्र नेपालका तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए।

ओलीले आज सामाजिक संजालमार्फत पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell