PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

वाग्मती प्रदेशमा एमालेले उपराष्ट्रपतिको निर्वाचन पछि मात्रै सरकार छाड्ने



पहिलोपोस्ट

वाग्मती प्रदेशमा एमालेले उपराष्ट्रपतिको निर्वाचन पछि मात्रै सरकार छाड्ने

हेटौंडा : नेकपा (एमाले)ले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै वाग्मती प्रदेश सरकारबाट बाहिरिने/नबाहिरिनेबारे निर्णय लिने भएको छ। राष्ट्रपति निर्वाचनपछि मात्रै राजीनामा दिने बताउँदै आएका एमालेका मन्त्रीहरु हाल उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार छाड्ने पक्षमा देखिएका हुन्।

चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारबारे निर्णय लिने वाग्मती संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए। केन्द्रबाट राजीनामा दिन कुनै निर्देशन नआएकोले राजीनामा दिइहाल्ने पक्षमा नरहेको मन्त्री थपलियाले बताए।

‘हामीलाई केन्द्रबाट केही निर्देशन आएको अवस्था छैन। उपराष्ट्रपति निर्वाचन पनि नजिकिदै छ। त्यसपछि हामी निर्णय लिन्छौं’, उनले भने, ‘सत्ता गठबन्धनमा नयाँ परिस्थिति कसरी सिर्जना हुन्छ हामी त्यसैगरी अगाडि बढ्छौं। राजीनामा दिने नदिने उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै टुंगिन्छ।’

११० सदस्यीय वाग्मती प्रदेशसभामा एमालेको २७ सिट रहेको छ। नेकपा (माओवादी केन्द्र), राप्रपा र एमालेको सत्ता साझेदारमा मन्त्रिपरिषद् गठन हुँदा एमालेको भागमा ४ मन्त्रालय परेको थियो। थपलियासहित एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशव प्रसाद पोखरेल कृषी पशुपन्छी विकासमन्त्री र रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell