PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

एआइजीमा बढुवाको लागि सिफारिस भए पाँच डीआइजी : पहिलो नम्बरमा कुँवर, पाँचौँमा बज्राचार्य



पहिलोपोस्ट

एआइजीमा बढुवाको लागि सिफारिस भए पाँच डीआइजी : पहिलो नम्बरमा कुँवर, पाँचौँमा बज्राचार्य

काठमाडौं : गृह मन्त्रालयले पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ।

आज बसेको बढुवा समितिको बैठकले डीआइजी बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्याम ज्ञवाली र किरण बज्राचार्यलाई बढुवाको लागि सिफारिस गरेको हो।

गृह मन्त्रालयको बढुवा समितिले डीआइजी कुँवरलाई ६९ दशमलव ९३ अङ्क दिएर पहिलो स्थानमा बढुवा सिफारिस गरेको छ। कुँवर एसएसपीबाट बढुवा हुँदा पनि पहिलो नम्बरमा नै थिए। एआइजी बढुवा भएका मध्ये नै दुई सातापछि प्रहरी प्रमुख बन्दै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell