PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

कक्षा ३ की आश्विनीको किताब 'पिरामिडमा पाण्डा', ललितकलामा चित्रकला प्रदर्शनी



पहिलोपोस्ट

कक्षा ३ की आश्विनीको किताब 'पिरामिडमा पाण्डा', ललितकलामा चित्रकला प्रदर्शनी

काठमाडौं : आश्विनी मानन्धरकृत पिरामिडमा पाण्डा किताब सार्वजनिक भएको छ। काठमाडौंको मैत्री स्कुलको कक्षा ३ मा अध्ययनरत छात्रा आश्विनीको चित्र र कथा रहेको किताब बिहीवार नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक भएको हो।

किताब प्रतिष्ठानका कुलपति नारदमणि हर्तम्छाली, पूर्वकुलपति केके कर्माचार्य, बाल वाङ्मयका तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, मैत्री स्कुलका प्रिन्सिपल ओजेस बज्राचार्य, कार्टुनिस्ट अबिन श्रेष्ठलगायतले सार्वजनिक गरेका हुन्। विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको किताबमा इजिप्टको पिरामिडमा ग्रेटवालको पाण्डाको यात्राबारेको कथा छ।

चित्रकला प्रदर्शनी भोलिसम्म

प्रतिष्ठानका कुलपति हर्तम्छालीले आश्विनीको चित्रकला प्रदर्शनीसमेत उद्घाटन गरेका थिए। आश्विनीले कोरेका चित्रहरु प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनी भोलि शनिवारसम्म चल्ने र फ्रेम २१ वटा रहेको आश्विनीका बुवासमेत रहेका कार्टुनिस्ट रविन्द्र मानन्धरले बताए। कार्यक्रममा विभिन्न वक्ताले बालबालिकाको खुबीलाई लिएर ललितकलामा बाल विभाग गठन गर्न सकिने विषयमा छलफल हुनुपर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell