PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

मार्टिन्सको दोहोरो गोलमा थ्री स्टारको पहिलो जित



पहिलोपोस्ट

मार्टिन्सको दोहोरो गोलमा थ्री स्टारको पहिलो जित
Photo: MML

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगको जारी सिजन थ्री स्टार क्लबले पहिलो जित निकालेको निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्री स्टार क्लबले एफसी खुमलटारमाथि २-० गोलअन्तरको जित निकालेको हो।

थ्री स्टारको जितमा दुबै गोल अजयी मार्टिन्सले गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५४ र ८३ औँ मिनेटमा उनले गोल गर्दा जारी लिगमा थ्री स्टार क्लबले पहिलो जित निकालेको हो।

यसअघि थ्री स्टारले एपीएफसँग पराजय ब्यहोर्दा फ्रेन्ड्स क्लबसँग बराबरी खेलेको थियो। त्यस्तै खुमलटारको भने दोस्रो हार हो। उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई हराएको खुमलटार दोस्रो खेलमा चर्च ब्वाइजसँग पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell