PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

इन्जिनियरिङमा त्रुटि देखिएपछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज गर्‍यो ‘ग्राउण्डेड’



पहिलोपोस्ट

इन्जिनियरिङमा त्रुटि देखिएपछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज गर्‍यो ‘ग्राउण्डेड’

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको इन्जिनियरिङमा त्रुटि देखिएकाले सबै जहाज ग्राउण्डेड गराइएको जिकिर गरेको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले कम्पनीको इन्जिनियरिङ विभागबाट गल्ती देखिएकाले सबै जहाज ग्राउण्डेड गरिएको जानकारी दिए।

‘उहाँहरुको नियमित चेकजाँच भइरहेको हुन्छ। बिहीवार इन्जिनियरले ठीक छ भनेर रिलिज गरेको जहाज उडान गरेको पाँच मिनेटमै समस्या देखिनु राम्रो होइन। त्यही भएर सबै इन्जिनियर ग्राउण्डेड गरिएको छ’, उनले भने, ‘प्राधिकरणको मुख्य उद्देश्य भनेको यात्रुको सुरक्षा हो। त्यही भएर हामीले सबै जहाज ग्राउण्डेड गरेर चेकजाँच गर्न खोजिएको हो।’

प्राधिकरणले आफ्नो प्राविधिकमार्फत कम्पनीको सबै जहाजको चेकजाँच गर्दा कुनै कैफियत नदेखिए उडान भर्न दिने उनले जानकारी दिए। उनका अनुसार चार दिनअघि श्रीको जहाज उडान गर्ने बेलामै इन्जिन रनअप गर्दा समस्या देखिएको थियो। भुलले श्री एयरलाइन्सलाई पक्षपात नगरेको जिकिर गर्दै अरु कम्पनीको समस्या आउँदा पनि विभिन्न कारबाही गरिएको जिकिर गरे।

उनले भने, ‘हामीले कसैलाई पक्षपात गरेका छैनौं। यतीको जहाजै दुर्घटनामा परेको थियो। त्यतिखेर तत्काल सबै एटीआर जहाजको चेकजाँच गरिएको थियो। बाजुरामा तारा एयरको ढोका खुलेको केसमा पाइलट ग्राउण्डेड गरिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell