PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

जातीय भेदभाव गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कारबाहीको माग



पहिलोपोस्ट

जातीय भेदभाव गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कारबाहीको माग

काठमाडौंः विभिन्न राजनीतिक दलनिकट भ्रातृ सङ्गठन र दलित सङ्घ-संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्वन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन्।

नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति सङ्गठन र जातीय समता समाजलगायत दश वटा सङ्घ-संस्थाले संयुक्त विज्ञप्तिमार्फत सत्यतथ्य छानविन गरी घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन्।

गाउँपालिकाका अध्यक्ष यादवले आफ्नी आमाको निधनपछि १३औँ दिनको तिथिमा दलित र गैरदलितको लागि अलगअलग साइन बोर्ड टाँसी अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेको ती सङ्घ-सङ्गठनको भनाइ छ।

“सार्वजनिक पदधारण गरका व्यक्ति उपस्थित भएको स्थानमा जातीय छुवाछूतलाई संस्थागतरुपमा संरक्षण गर्ने गरी घटाइएका यस घटनाको हामी घोर भत्सना गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी राष्ट्रिय दलित आयोग र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानलगायतले पनि विज्ञप्ति जारी गरी सो घटनाको विरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell