PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय



रासस

ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

काठमाडौंः जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भएको छ।

केन्द्रीय कार्यकारिणी समितिको शुक्रबार बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष अब्दुल खानले बताए।

उनले भने, “पार्टीका तर्फबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको हो, गठबन्धन दलसँग छलफल भएको छैन।”

जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज ५३ वर्षीय झाले सद्भावना पार्टीबाट राजनीति सुरु गरेकी हुन्। उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन्।

यस्तै उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालले बारा -२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। जसपाको बिहीबार भएको कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell