PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

नवनिर्वाचित राष्ट्रपति पौडेललाई निधिको बधाई



पहिलोपोस्ट

नवनिर्वाचित राष्ट्रपति पौडेललाई निधिको बधाई

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकोमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्।

नवानिर्वाचित राष्ट्रपति पौडेललाई भेट्न नेता निधि शुक्रवार साँझ उनकै निवास बोहोराटार पुगेका थिए।

भेटमा संविधानको सफल कार्यान्वयन, राष्ट्रपतिको भूमिका, उपराष्ट्रपतिको आसन्न चुनावलगायत समसामयिक विषयमा राष्ट्रपति पौडेल र नेता निधिबीच कुराकानी भएको थियो।

निधिले राष्ट्रियता, लोकतन्त्र, समाजवादको साथै संघीय गणतन्त्र र संविधानको लागि पौडेल सर्वाधिक उपयुक्त व्यक्ति भएको भेटपछि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell