काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल शनिवार चम्पादेवीस्थित पुष्पलाल पार्क पुग्ने भएका छन्। दिउँसो साढे १ बजे पौडेल चम्पादेवी पुग्ने कार्यक्रम रहेको बताइएको छ।
त्यहीबाट पौडेल साढे २ मा ललितपुरस्थि बाँडेगाउँमा रहेको कृष्णप्रसाद भट्टराई आश्रम पुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनायो। बिहीवार राष्ट्रपतिमा निर्वाचित पौडेल शनिवार पशुपतिनाथ र स्वयम्भु पुगेका थिए। त्यसैगरी पौडेल शनिवारै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए।